SHARE
ओएसनेपाल · शनिबार २५ असो २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ अमेरिकामा पनि सफल प्रदर्शन

नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट प्रदर्शन भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ यतिबेला अमेरिकामा पनि प्रदर्शन भैरहेको छ। नेपालमा ३ करोड ९० लाख भन्दा बढी कमाइ गरिसकेर अझै प्रदर्शनरत चलचित्रले अमेरिकामा पहिलो सातामा ४८ हजार अमेरिकी डलर (६८ लाख नेरु) कमाइ गरेको छ।