SHARE
ओएसनेपाल · शनिबार २५ असो २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

बहुप्रतिक्षित फिल्म ‘सोल्टिनी’ को गीत ‘नौलाखे तारा’ सार्वजनिक, २४ घण्टा नबित्दै हजारौं दर्शकको मन जित्यो!

काठमाडौं। लामो समयदेखि दर्शकले प्रतीक्षा गरिरहेको नेपाली चलचित्र ‘सोल्टिनी’ को आधिकारिक गीत ‘नौलाखे तारा’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल (OSR Digital) युट्युब च्यानलमा प्रिमियर गरिएको यो गीतले अहिले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। सार्वजनिक भएको चौबिस घण्टाको छेउछाउमा नै गीतले ३५ हजार ६७४ भन्दा बढी भ्युज पाइसकेको छ।