इरान युद्ध, महँगी र भ्रष्टाचारको मुद्दा उठाउँदै ट्रम्पको नीतिविरुद्ध ओबामा चुनावी मैदानमा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गर्दै चुनावी अभियानमा सक्रिय भएका छन् । आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ओबामा डेमोक्र्याटिक पार्टीका उम्मेदवारको पक्षमा मतदातालाई आकर्षित गर्न मैदानमा उत्रिएका हुन् ।
