नागरिक लगानी कोषका सहभागीलाई एभरेस्ट अस्पतालमा उपचार खर्चमा छुट हुने
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।
