साइबर जोखिमपछि पाँच बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा
काठमाडौं। पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका पाँच बैंकका वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका छन्। सेवा सञ्चालनमा ल्याउने वाणिज्य बैंकमा नबिल, प्राइम कमर्सियल र माछापुच्छ्रे बैंक छन्। त्यस्तै, विकास बैंकतर्फ मुक्तिनाथ र लुम्बिनी विकास बैंकले सेवा सुरु गरेको जानकारी गराएका छन् ।
