अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल विरुद्ध छाद्छन् : एमाले नेता बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे व्यक्त गरेको धारणाप्रति टिप्पणी गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट’ मा अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युग समाप्त भएको बताएका थिए।
