नेपालका तीन जलवायु परियोजनालाई ४.४९ करोड डलर अन्तर्राष्ट्रिय सहायता
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटै परियोजनालाई अनुकूलन कोषले स्वीकृत गरेको छ। यी परियोजनाका लागि कुल ४ करोड ४९ लाख २६ हजार ४५७ अमेरिकी डलर वित्तीय सहायता प्रस्ताव गरिएको छ।
