SHARE
बासुरी खबर · शनिबार २५ असो २०८२ ०३:०४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा क्षति पुगेका भौतिक संरचन पुन निर्माण गर्न मेलम्चीका कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने

मेलम्ची । मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् । देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए ।