सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट तथा सेवा अस्थायी बन्द, वित्तीय क्षेत्रलाई सुरक्षा निगरानी बढाउन अपिल
काठमाडौँ । विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा अन्य सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले सामाजिक सञ्जाल फेसबुकमा सूचना सार्वजनिक गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गर्नु परेकाे जानकारी दिएकाे हाे ।
