यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
चितवन। बाढीपहिरोको जोखिम र मुख्य राजमार्गमा पुनः अवरोध हुन सक्ने आशङ्काका कारण यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल अपेक्षाकृत कम देखिएको छ। भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीपछि सडक अवरोध हटे पनि यात्रामा हुन सक्ने कठिनाइको डरले पर्यटकको आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्।
