‘सिनेपाः स्टुडियो’का लागि तीन करोड सरकारी अनुदान
काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले रु तीन करोडको अनुदान बजेट प्रदान गर्ने भएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।
