जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
जनकपुर । जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् । शनिबार जनकपुरधामका युवायुवतीहरुले आफ्नो सांस्कृति पहिरन धोती, कुर्ता तथा सारी लगाएर अभियानको शुरुवात गरेका छन् । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले उनीहरुले उक्त अभियान शुरु गरेका बताएका छन् ।
