तिहारका लागि सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उहाँले सयपत्री फूल बिक्री गरेका थिए, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री रहेको थियो । बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरेका थिए ।
