राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल जारी
काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ ।राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीगण र राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्छ ।
