मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुहुने
जनकपुर, २४ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनुहुने भएको छ । उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले प्रदेशसभा सचिवालयलाई सोही दिन विश्वासको मत लिने व्यवस्था मिलाइदिन पत्र पठाउनुभएको हो ।
