SHARE
ओएसनेपाल · शुक्रबार​ २४ असो २०८२ ०२:५१ PM · 1 मिनेट पढाइ

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौँ, २४ असोजः काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगामी कात्तिकसम्म सङ्क्रमणको जोखिम कायम रहेको कामपाले जनाएको छ ।