SHARE
ओएसनेपाल · शुक्रबार​ २४ असो २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौँ, २४ असोजः आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।