SHARE
ओएसनेपाल · शुक्रबार​ २४ असो २०८२ ०२:५८ PM · 1 मिनेट पढाइ

यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरियो

काठमाडौँ, २४ असोजः यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ । यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।