SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०१:१४ AM · 1 मिनेट पढाइ

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले उक्त मान्यता पाएको जानकारी दिएको हो । यसअघि आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएको थियो ।