SHARE
पर्दाफास · बुधबार ५ कात्िक २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

भारतीय इतिहासकै ठूलो आईपीओ ल्याउँदै जियो

भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ। अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ ।