SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक शनिबार पनि बस्ने भएको छ । नेताहरूले बोल्ने क्रम नसकिएपछि बिहीबारदेखि सुरु भएको बैठकलाई शनिबार बिहान ११ बजे पुनः बोलाइएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कार्यसम्पादन समितिका सदस्यहरू पनि सहभागी छन् ।