SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० असो २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी, विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। साथै उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार