पोखरा विमानस्थलमा मौसमका कारण हुने उडान अवरोध घटाउन नयाँ प्रणाली लागू गर्ने तयारी
काठमाडौं। प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध न्यूनीकरण गर्न आधुनिक हवाई नेभिगेसन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा विशेष प्रकारको उपग्रहमा आधारित अवतरण प्रक्रिया (आरएनपी–एआर) कार्यान्वयनका लागि प्राविधिक अध्ययन अघि बढाएको हो। प्राधिकरणका अनुसार आरएनपी–एआर प्रक्रियासम्बन्धी प्रारम्भिक अध्ययन पूरा भइसकेको छ।
