८,००० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभो वाई३२ सार्वजनिक, मूल्य कति ?
काठमाडौं । स्मार्टफोनको लामो समयसम्म प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै भिभोले ८,००० एमएएच क्षमताको ब्याट्री भएको नयाँ स्मार्टफोन वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले वाई सिरिजअन्तर्गत ल्याएको यस फोनमा लामो ब्याट्री लाइफसँगै फास्ट चार्जिङ, धुलो तथा पानीबाट सुरक्षा र बलियो डिजाइनलाई प्राथमिकता दिएको छ।
