SHARE
कर्पोरेट समाचार · बुधबार २८ असो २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार