रुसको ‘ठूलो आक्रमण’ पछि किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द
काठमाडौं । युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ । उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ । सेनाले यस आक्रमणलाई ‘ठूलो हमला’ भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
