लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य, तीन दिनमा सुन प्रतितोला करिब पाँच हजार रुपैयाँले सस्तियो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ। सोमबारदेखि ओरालो लागेको दुवै धातुको मूल्य बुधबार पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ।
