संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै
काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे सुरु हुने समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।
