SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ २४ असो २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आव्हान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप (भ्याक्सिनेसन) गर्न इच्छुक संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ ।  इच्छुक संस्थाले १५ दिनभित्र महानगरको कृषि तथा पशुपन्छी विभागमा सम्पर्क गरी आवेदन पेस गर्नुपर्ने जनाएको छ । महानगरले बन्ध्याकरण तथा खोप भ्याक्सिनेसनको दर प्रति गोटा २ हजार ५ सय रुपैयाँ तोकेको छ ।  आवेदन पेस गर्न चाहने संस्थाले आफ्नो विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको प्रमाणपत्र, कुकुर र बिरालो बन्ध्याकरणसम्बन्धी अघिल्लो अनुभवका प्रमाणपत्र, पशु चिकित्सकको प्रमाणपत्र, पशु ओसारपसारका लागि प्रयोग हुने सवारी साधन, सेल्टर र बन्ध्याकरण कक्ष भएको प्रमाण, भाडामा भए सम्झौता पत्र तथा बन्ध्याकरणका लागि आवश्यक सामग्रीको व्यवस्था सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं