विश्व हुलाक दिवस : सिन्धुपाल्चोकमा उत्कृष्ठ कर्मचारी तथा सेवाग्राही सम्मानित
चौतारा । विश्व हुलाक दिवस २०२५ सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । “हुलाक सेवा : विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने नाराका साथ १५१ औं बिश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले विभिन्न सराहनीय सामाजिक तथा सेवामूलक गतिविधिहरू सहित कार्यक्रम गरेको हो ।
