जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, यी हुन् प्रस्तावित मन्त्रीको नाम
काठमाडौं । जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् ।
