SHARE
ओएसनेपाल · बुधबार २२ असो २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।