देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा
काठमाडौँ, २२ असोज : हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् । जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।
