दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री
कर्णाली, २२ असोजः कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा रु एक करोड बढीको खाद्यान्न बिक्री गरेको छ ।भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा रु एक करोड १३ लाख पाँच हजार ७९१ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो ।
