SHARE
ओएसनेपाल · बुधबार २२ असो २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

काठमाडौं । भारतका विभिन्न राज्यहरुमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ । औषधि व्यवस्था बिभागले मंगलबार एक सुचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।