उपराष्ट्रपति चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार हुने 

काठमाडौँ - चैत ३ गते उपराष्ट्रपति निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
पुस १० को गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि हाल प्रधानमन्त्री प्रचण्डसँग १६ मन्त्रालयको जिम्मेवारी छ ।

नयाँ गठबन्धनमा नेपाली काङ्ग्रेससहित आम नेपाली पार्टी र नेपाल समाजवादी पार्टीसमेत १० दल छन् । यसअघिको गठबन्धनमा भएर पनि सरकार छाडेको रवि लामिछाने नेतृत्वको रास्वपा पनि यो सरकारमा सहभागी हुने स्रोतको भनाइ छ ।

रास्वपाले हाल २ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको बुझिएको छ ।’चितवन २ को उपनिर्वाचन अगाडि रास्वपा दुई मन्त्रालय लिएर सरकारमा जान तयार छ’ गठबन्धन स्रोतले भन्यो ‘उपनिर्वाचनमा सभापति लामिछाने निर्वाचित भएमा पुनस्उनको लागि महत्त्वपूर्ण मन्त्रालय सुरक्षीत हुनुपर्ने उहाँहरुको माग छ ।’

यसैगरी, गठबन्धनमा १० दल भएकोले मन्त्रालय बाँडफाडमा सबैले हिस्सा खोज्दा मन्त्रिपरिषद् बिस्तार गर्दा सत्ताको नेतृत्व गरिरहेको माओवादीको हिस्सा घट्ने छ। काङ्ग्रेसले पनि एमालेले यसअघि पाएको मन्त्रालय सबै दाबी गरेको स्रोतको भनाइ छ । तर, सरकार विस्तारमा काङ्ग्रेसले ७ मन्त्रालय पाउने मोटामोटी सहमति छ। त्यसमा थप एक राज्यमन्त्री पनि हुनेछ । गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार र ऊर्जामध्ये मुख्य तीन मन्त्रालयसहित काङ्ग्रेसले सरकारमा सहभागी हुने स्रोतले बतायो ।

गृहमन्त्रीमा काङ्ग्रेसको दाबी भए पनि प्रधानमन्त्री प्रचण्ड गृह माओवादीले नै राख्नेमा अडिग छन् । काङ्ग्रेसलाई रक्षा, अर्थ र स्वास्थ दिन भने प्रधानमन्त्री प्रचण्ड राजी भएको एक नेताले बताए ।

परराष्ट्र, ऊर्जा र सञ्चारमध्ये एकमा नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमत पार्टीको पनि दाबी छ। उनीहरूले २र२ मन्त्रालय पाउनेछन् । यता नेसपा र आनेपाले पनि एकरएक मन्त्रालयमा दाबी गरेका छन् । आनेपाका अध्यक्ष प्रभु शाह र नेसपा अध्यक्ष महेन्द्र राय यादव मन्त्रीका लागि दाबी गरिरहेका छन् ।