SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०७:४१ AM · 1 मिनेट पढाइ

भारतको ओडिशामा दुई समुदायबिचको तनावपछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द

काठमाडौँ । भारतको ओडिशा राज्यमा दुई समुदायबिचको तनाव र हिंसात्मक घटनापछि इन्टरनेट सेवा र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । बीबीसी हिन्दीका अनुसार, कटक सहरका धेरैजसो क्षेत्रमा ३६ घण्टाका लागि कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद्ले आज कटक क्षेत्रमा १२ घण्टे बन्दको आह्वान गरेको छ ।