SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

सिरहामा दलित समुदायको घर भत्काउने घटनामा वडाध्यक्षसहित ३ जना पक्राउ

काठमाडौँ । दसैँको दुर्गा पूजाको विषयमा विवाद भएपछि सिरहामा दलित समुदायको घर भत्काइएको घटनामा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराज शर्माका अनुसार, अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दर्ता गरिएको छ ।