SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

पश्चिमबाट हट्न थाल्यो मनसुन, केही प्रदेशमा अझै प्रभाव कायम

काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन क्रमशः बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले आज (असोज २०) दिउँसो दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो ।