SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०९:१८ AM · 1 मिनेट पढाइ

शिवराजमा राजस्वको छापा, २३ बोरा कपडा बरामद

चन्द्रौटा, २० असोज । कपिलवस्तुमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मार्दै २३ बोरा कपडा बरामद गरेको छ । सोमबार दिउँसो करिब १ बजे शिवराज नगरपालिका-५, कटहनियाको एक घरमा छापा मारी कपडा बरामद गरेको हो । विशेष सुराकीका आधारमा राजस्वको एक टोलीले उक्त घरमा छापा मारेको थियो ।