SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

लाङटाङ ट्रेकिङमा फसेका १२ जनाको उद्धार, ४ जनाको खोजी जारी

काठमाडौँ । लाङटाङ क्षेत्रमा ट्रेकिङका क्रममा बाढी/पहिरोका कारण फसेका १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको श्रीनाथ गणसहितको सुरक्षाकर्मी टोलीले उनीहरूलाई आज दिउँसो रसुवाको स्याफ्रुबेशी ल्याएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । गत असोज १७ गते ८/८ जनाको दुई समूहमा १६ जना लाङटाङ ट्रेकिङका लागि गएका थिए ।