भारतको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतमा सोमबार एक वकिलले प्रधानन्यायाधीश (सीजेआई) बीआर गवईमाथि आक्रमणको प्रयास गरेका छन् । गवईको नेतृत्वमा रहेको बेञ्च मुद्दा सुनुवाइ गरिरहेकै बेला ती वकिलले आक्रमणको प्रयास गरेका हुन् । दैनिक भास्करले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, ती वकिल बेञ्चको डेस्कसम्म पुगे र आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशतर्फ प्रहार गर्न खोजे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
