SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ११:५० AM · 1 मिनेट पढाइ

बीपी राजमार्गको डाइभर्सन नेपालथोकबाट पनि पुनर्निर्माण थालियो

काभ्रेपलान्चोक, २० असोज । असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सिन्धुलीको नेपाल थोकबाट पनि सुरु गरिएको छ । नेपाल थोकतर्फबाट डाइभर्सन निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीले जानकारी दिए ।