SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या १५ नाबालकसहित ६० पुग्यो

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएको भारी वर्षापछि आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो। इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्।