नेपाल वायु सेवाको जहाज १ सय ५७ यात्रु बोकेर काठमाडौं फर्कियो
भैरहवा — विपद्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएपछि गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धार र राहतका लागि सोमबार दिउँसो भैरहवा आएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज १ सय ५७ यात्रु बोकेर काठमाडौं फर्किएको छ । पौने ४ बजे भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरबस ३२० जहाज यात्रु लिएर साढे ५ बजे फर्किएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
