SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ १२:३१ AM · 1 मिनेट पढाइ

मनसुनी र स्थानीय बायुको प्रभाव : आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।