बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा गाडी सञ्चालनमा कठिनाइ, बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै
काठमाण्डौ – बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ । प्रहरीका अनुसार मकवानपुरबाट काठमाण्डौ जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाण्डौ र हुमाने–फाखेल–काठमाण्डौ सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् । मकवानपुरबाट काठमाण्डौतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै र काठमाण्डौबाट मकवानपुरतर्फ जाने गाडीहरुलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
