SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

प्रभावित क्षेत्रमा सरकारको काम देखियोस् 

तीन दिनको भीषण वर्षाले नेपालको पूर्वी क्षेत्र हायलकायल भएको छ । बाढीमा परि सयौँ घर परिवार विस्थापित भएका छन् । देशभरबाट ५२ जनाको मृत्यु भएको सार्वजनिक भैसकेको छ । मृतक परिवार राहतको पर्खाइमा छन् । बाढी प्रभावितहरूको साँझ बिहानको छाक टार्ने समस्या देखिएको छ । हजारौँ परिवारलाई तत्कालै राहत दिनुपर्ने आवश्यकता छ ।