SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०५:१७ AM · 1 मिनेट पढाइ

बुधबारपछि धान भित्र्याउन उपयुक्त हुन्छ : डा. उप्रेती

काठमान्डौ, २१ असोज । जलवायु तथा विपद् विशेषज्ञ डा. धर्मराज उप्रेतीले आगामी बुधबारपछि धान भित्र्याउन अनुकूल समय सुरु हुने बताएका छन् । उनका अनुसार बुधबारदेखि नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको छ, जसका कारण धान काट्न र भित्र्याउन अनुकूल मौसम रहने अनुमान गरिएको छ ।