SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०५:३४ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलाकै २ लाख ३५ हजार माथि, चाँदीको कति ?

काठमान्डौ, २१ असोज । सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको २ हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।